लेखककीय

   संस्थाका उदेश्य अनुसार शेर्पा समुदायको, भाषा, भेषभुषा, संस्कारसंस्कृति, रीतिरिवाज,रहनसहन तथा परम्पराको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन गर्दै यस विषयमा अध्ययन अनुसन्धान गर्न ईच्छुक महानुभावहरूका लागि सहज होस् र लोप हुँदै गरेका शेर्पा संस्कारसंस्कृतिहरु सम्पूर्णले सहज रुपमा सिक्न सकुन् साथै संस्थाको बारेमा सहज रुपमा सम्पूर्णलाई सूचना होस भन्ने हेतुले  धर्म डाँडा शेर्पा समाजका ब्लग खोलिएको हो । ब्लग भित्र संस्थाको बारेमा र शेर्पा समुदायको थर, खान पान, चाडपर्व, पोसाक आदिको बारेमा छुट्टाछुटै पेज बनाएर संक्षिप्तमा लेखिएको छ । 
ब्लग पेज निर्माण तथा लेखनको जिम्मेवारी दिनु भएकोमा धर्म डाँडा शेर्पा समाज परिवार प्रति हृदय देखि नै आभार प्रकट गर्दछु । ब्लग लेखनका क्रममा धर्म डाँडा शेर्पा समाजका सम्पूर्ण विगत र वर्तमानका कार्य समितिहरु, विशिष्ट व्यक्तिहरू,धर्मगुरुहरू, बुद्धिजीवीहरू, समाजसेवीहरूले आफ्नो अमूल्य समय दिनु भई मलाई आवश्यक सूचना प्रदान गरी सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस्तैगरी ब्लग  तयार गर्ने क्रममा महत्वपूर्ण  सल्लाह, सुझाव दिनु हुने श्रेदय धर्म गुरु सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँ पालिका ०९, रक्सिखर्का निवासी खेन्पो ल्हक्पा दोर्जी शेर्पा र लोपेन पासाङ ङिमा शेर्पा, नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पा  साथै उच्च हिमाली तथा कामदर सहयोग संघका अध्यक्ष तथा नेपाल पर्वत रोहण संघका काल्यणकारीका संयोजक दा गेल्जे शेर्पा, यू यस नेपाल क्लाइम्बर्स यस्सोसियसन इन्क अमेरिकाका पूर्व महासचिव तथा सगरमाथा आरोही आङ ग्याल्जेन शेर्पा,सगरमाथा आरोही संघका महासचिव ल्हक्पा रङडु शेर्पा, धर्म डाँडा शेर्पा समाजका पूर्व महासचिव आङ गोम्बु शेर्पालाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।  धर्म डाँडा शेर्पा समाजका अध्यक्ष ल्हकी शेर्पा, महासचिव देण्डी शेर्पा लगायत सम्पूर्ण कार्य समितिज्यूहरुमा सूचना तथा तस्विरहरु उपलब्ध गराई महत्वपूर्ण सहयोग गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । त्यसैगरी धर्म डाँडा क्षेत्रबाट सगरमाथा आरोहण गर्नु हुने सम्पूर्ण आरोहीज्यूहरुमा सुचना उपलब्ध गराई सहयोग गर्नु भएकोमा धन्यवाद तथा आभार प्रकट गर्दछु । 
अन्त्यमा, ब्लग पेज धर्म डाँडा शेर्पा समाजका संस्थागत ब्लग पेज रहेको अवगत गर्दै  पेजमा भएका गल्ती र कमी कमजोरीलाई औंल्याए दिनु भएमा आगामी दिनहरूमा सुधार गर्ने र शेर्पा समुदाय र संस्थासंग सम्बन्धित विषयहरु पनि ब्लगमा थप्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । धन्यवाद ।










ब्लग पेज निर्माता तथा कन्टेन लेखक नाम ःसेर्कु शेर्पा
जन्म स्थान ः थुलुङ दुधकोशी गाउँ पालिका -०९, रक्सीखर्का, सोलुखुम्बु
पिता ः पेम छेतर शेर्पा
माता ः सर्किनी शेर्पा
जीवन संगिनी ः निम्लेकी शेर्पा
प्रकाशित कृति ः शेर्पा समुदायको मौलिक पहिचान तथा विभिन्न पत्रपत्रिकाहरुमा लेख रचना आदि ।
शैक्षिक योग्यता ः स्नातकोतर (M.A.) ग्रामीण विकास (T.U.) 
सामाजिक सेवा तथा जिम्मेवारी
संस्थापक ः सेरनिमा प्रतिष्ठन नेपाल
महासचिव ः हिमालयन शेर्पा साँस्कृतिक केन्द्र
सल्लाहकार ः लोखिम शेर्पा किदुग
आजीवन सदस्य ः धर्म डाँडा शेर्पा समाज
आजीवन सदस्य ः हिमालयन शेर्पा साँस्कृतिक केन्द्र
आजीवन सदस्य ः लाली गुरास युवा क्लब
पूर्व अध्यक्ष ः लोखिम एकता समुह
संस्थापक सचिव ः शेर्पा युवा मैत्री

पूर्व सह सचिव ः राष्ट्रिय  युवा महासंघ काठमाडौ जिल्ला समिति

Contact: +977-9849443621
Email: serkusolu@hotmail.com






















 
 
सस्थापक अध्यक्षको ज्युको केहि भनाई 























 
सस्थापक माहासचिव ज्युको केहि भनाई 

No comments:

Post a Comment