खान पान

खान पान

शेर्पा समुदायको बसोबास आदिम काल देखि नै हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेको हुनाले उनीहरुको खान पान पनि त्यहाँका मौसम अनुकुल हुने गर्दछ । हिमाली क्षेत्रमा उत्पादित वस्तुबाट खानेकुराको परिकार बनाएर खाने चलन छ । तर आधुनिकताले गर्दा यही परिकार मात्र खान्छन् भन्ने छैन । साथै यी खानेकुराहरु विभिन्न कारणले केही लोप भई सकेका पनि छन् । मासुको परिकारलाई त्यति धेरै महत्व दिदैनन् । शेर्पा समुदायमा मासु सम्बन्धी “मासु खाने मासिन्छ, सागसब्जी खाने सप्रिन्छ” भन्ने भनाई छ । 

 तो खुम्दोक वा नङमी तो (हिमाली भेगमा मात्र पाईने एक प्रकारको पिँडालुको परिकार)
तस्विर ;आचार्य सर्की शेर्पा
शेर्पा समुदायका परम्परागत खानाका परिकारहरु सुच्या (नुन चिया), तरी क्यु (मोहीमा कोदोको पिठोको खोले), रिकी कुर (आलुको रोटी) टे एरी ( गहुँको शुप मःम) फल्गी (हरियो मकै उसिनेर सुकाएको), स्याक्पा वा थेन्दुक (हरियो सागपात मिसाएको खोले),काक्स्येर (मकैको च्याख्ला) सायोग वा सग् छेर्मा ( सिस्नु),  रिल्दोक ( आलु उसिनेर पिसाएर बनाएको शुप मःम) तो खुम्दोक (हिमाली भेगमा मात्र पाईने जंगली पिँडालुको परिकार), रिकी (आलु), बच्याक (टुसा) साथै हिमाली भेगमा उब्जाउ हुने उद्यानबाट बन्ने परिकारहरु आदि रहेको पाईन्छ ।
 काक्स्येर (मकैको च्याख्ला) र सायोग वा सग् छेर्मा ( सिस्नु) 
तस्विर ः सेर्कु शेर्पा
काक्स्येर ताङ सायोग ((मकैको च्याख्ला र सिस्नु)


चोक्पु ( उसिनेको मकै)


ग्यार कुर (कोदोको रोटी)


लकुर ल ग्यार फे ताकी होतु ( जातोमा कोदोको पिठो पिन्दै गरेको )


ग्यार कुर ग्याकी होतु ( कोदोको रोटी बनाउदै गरेको)
तस्विर ः साङगे शेर्पा, गौरिशंकर गाउँ पालि का ४ बासा दाेलखा 



तो खुम्दोक वा नङमी तो (हिमाली भेगमा मात्र पाईने एक प्रकारको पिँडालुको परिकार)
तस्विर ;आचार्य सर्की शेर्पा



No comments:

Post a Comment