चाडपर्व


གུ་རུ་མཚན་བརྒྱད། गुरु छेन्ग्ये


भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् । शेर्पा समुदायले मनाउने चाडपर्वहरू धार्मिक र सामाजिक गरी दुई किसिमका छन् । शेर्पा समुदायको चाडपर्वहरू महायान बौद्ध धर्मको ञिङमा प्ररम्पराको धार्मिक विधिअनुसार मनाइन्छ । उनीहरूको सम्पूर्ण परम्परागत मूल्य मान्यता, संस्कारसंस्कृति र परम्परा बौद्ध दर्शनमा आधारित छ ।
शेर्पा समुदायमा रहेको धार्मिक चाडपर्वहरू སྒྲུབ་ཆེན། डुब्छेन (डुम्जी) ,གུ་རུ་མཚན་བརྒྱད།गुरु छेन्ग्ये, མ་ཎི་རིམ་བསྒྲུབ། मणिरिम्डु (मणि रिल्डब), 
དྲུག་པ་ཚེས་བཞི།  टुक्पा छेश्यि, युलसाङ, ས་ག་ཟླ་བ། सगदावा,सुङमा बुलुप,नाम्गङ च्योङ, छोक्छेन(छोजिन) ཆོ་འཕྲུལ་དུས་ཆེན།क्षोटुल दुछेन, क्षोखोर दुछेन,  གུ་རུའི་དུས་ཆེན། गुरुई दुछेन, ལྷ་བབ་དུས་ཆེན།  ल्हाबप दुछेन, छेवा चिथम्बा(छेच्यु), डुवा, ञ्युङ्ने, བཛྲ་གུ་རུ་དུང་ཕྱུར། बज्रगुरु दुङ्ग्युर, སངས་རྒྱས་ཀྱི་འཁྲུངས་སྐར་དུས་ཆེན། बुद्ध जयन्ती आदि हुन् । त्यसै गरी सामाजिक चडापर्वहरू  ལོ་གསར། लोसार, फङ्ङी, यारक्ष्याङ, लोसार पुलुक, मल्ज्यु दोङ्गु आदि हुन् । धार्मिक चाडपर्वहरू लामा, अनि र गाउँलेहरूका उपस्थितिमा गोन्पामा मनाउने गर्दछन् भने कतिपय अवस्थामा केही धार्मिक पर्वहरू लामा आमन्त्रण गरी गोन्पाको अलावा घरमा सम्पन्न गरिन्छ । सामाजिक चाडपर्वहरू सम्पूर्ण गाउँले भेला भई सामूहिक रूपमा मनाउने चलन छ । 
དྲུག་པ་ཚེས་བཞི།टुक्पा छेश्यि


हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा समुदाय विभिन्न पेसा व्यवसायमा आबद्ध भएको हुनाले प्रायः जसो शेर्पाहरू घर बाहिर रहने गर्दछन् । चाडपर्वहरूमा घर बाहिर रहेका सम्पूर्ण सदस्यहरू समेत घर फर्किने गर्दछन् । यी चाडपर्वहरूले उनीहरू बीचमा आपसी सद्भाव, भाइचारा तथा एकताको भावनाको विकासमा महत्वपूर्ण टेवा पु¥याउँछ । त्यतिमात्र होइन, यी चाडपर्वहरूले उनीहरूको सामूहिक परम्परागत पहिचान वृद्धि हुनाका साथसाथै भाषा, भेषभूषा, संस्कृति, धर्म, परम्परा, मूल्य, मान्यता आदिको प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने अवसर प्रदान गर्दछ ।
 विस्तृत जानकारी शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्ताकमा रहेको सम्पूर्णलाई अवगत गर्दछु । 
ལོ་གསར། लोसार



No comments:

Post a Comment