दाताहरु

टाशी देलेक,
हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड १९) को कारण बन्दाबन्दी लकडाउनको मारमा परेको, विशेष गरी धर्म डाँडा शेर्पा समाज अन्तर्गतका क्षेत्रबाट काठमाडौ आई बसोबास गरिरहेका काम विहीन भएर जनजीवन कष्टकर भएका, रोजगारी गुमाई आर्थिक संकटमा परेका, दैनिक ज्याला मजदुरी गर्ने, बिरामी, वृद्ध तथा विद्यार्थी वर्गलाई लक्षित गरी यस धर्म डाँडा शेर्पा समाजले कोभिड १९ आपातकालिन राहत बितरण कार्यक्रम गरिरहेको् छ । हाल सम्म स्वदेश तथा बिदेशमा बस्नुहुने सहयोगी दाताहरुको साथ र सहयोगले परिवारको स्थिति हेरी जम्मा ११६ परिवारलाई राहत बितरण गरि सकेको र राहत वितरणको कार्यक्रम जारि रहेको हुदां कोहि कसैलाई समस्या परेमा संस्थाका सम्बन्धित ब्यक्तिहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।
लकडाउन आजै लामो समय भएको अवस्थामा वा खोलि हाले पनि भैपरि आउने समस्यालाई मध्यनजर गरि आपतकलिन राहत कोष खडा गरेका छौं त्यसैले यस आपतकलिन राहत कोषमा कोहि इच्छुक महानुभाबहरु सहयोग गर्न चाहनु हुन्छ भने यस संस्था सबैमा हार्दिक स्वागत गर्दछौं । साथै यस सँस्था लाई सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति व्यक्तित्वहरु प्रति हार्दिक हार्दिक नमनका साथ् अझ यहाँहरुको सुझाव, सल्लाह, मूल्याकंन तथा सहयोगको सदैव अपेक्षा समेत गरेका छौ ।
यस संस्था आन्तरगतका कोहि कसैलाई कुनै अप्ठ्यारो स्थिती रहेमा हाम्रो संस्थाको फेसबुक मेसेन्जरमा सुचना दिनु हुन तथा संस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । आगामी दिनमा पनि समस्यामा परेकालाई संस्थाले आफनो हैसियत अनुसार निरन्तर रुपमा सहयोग गर्ने कोसिश गर्नेछ।
यस संकटको घडिमा संस्थाको अभियनलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक हार्दिक धन्यवाद ।साथै
संस्थाले विपद् कोष खोलिएको हुनाले कृपया सहयोगको लागि सदैव ढोका खुल्ला रहनेछ । तपाई सहयोग भावनाले ओतप्रोत व्यक्तिः र संघ संस्थाहरुले जहिले भए पनि आफ्नो ईच्छा अनुसार सहयोग गर्न सक्नु हुनेछ । साथै तपाईहरुको सहयोगको सदैव उच्च मूल्यांकन संस्थाले गर्ने सम्पूर्णमा जानकारी गर्दछु ।  थुची छे ।

No comments:

Post a Comment