पोसाक



हिमाली भेगमा बढी चिसो हुने भएको हुनाले शेर्पाहरूले लगाउने पोसाक अन्य समुदायको भन्दा पृथक देखिएको हो । हिमाली भेगको हावापानी अनुरूपका भेषभूषा शेर्पा समुदायले लगाउने गर्दछ । शेर्पा समुदायले प्रयोग गर्ने पोसाकहरु निम्न प्रकारका छन् ।  शेर्पा पुरुषले  ཞྭ་མོ་ཚེ་རིང་སྐྱིན་ཁེབས། स्यामो छेरिङ्ग किन् खेब (टोपी), ཕྱུ་པ།छुवा (बक्खु)  སྟོད་ཐུང་། तोथुङ् (कमिज), 
སྐ་རགས།काराक् (पेटी), स्याङ्शिल (घुँडासम्म लगाउने जुत्ता),ཁེ་འཇའ།खेन्ज्या(हाफ ज्याकेट), फिङ्स्या÷थाङ्स्या (छात्रे टोपी), शेरसिङ पोक्ता ( टोपी) आदि पोसाक लगाउने चलन छ । स्त्रीलेའོག་འཇུག स्यम्ज्यार अथवा हाङ्ज्यु (समिज), མོ་ཕྱུ།अङ्गी (बख्खु),སྐ་རགས།काराक्,  ཞྭ་མོ་ཚེ་རིང་སྐྱིན་ཁེབས། स्यामो छेरिङ्ग किन् खेब(टोपी), ཞྭ་མོस्यामो मोश्या(टोपी), གདོང་དཀྲིས།दोङटिल (इन्द्रेणी रङ्गको अङ्गीमाथि अगाडिबाट लगाउने पोसाक), རྒྱབ་དཀྲིས།ग्याप्टिल (इन्देण््र ाी रङ्गको अङ्गीमाथि पछाडिबाट लगाउने पोसाक),काँचा÷कोशुल (घुँडासम्म लगाउने जुत्ता), ह्रम्डोक (कोशुल बाँध्ने फित्ता), सिकोक तथा गहनाहरू ग्यनजेन, क्ष्याप्क्ष्याप, पिन, मठिल,གའུ།काऊགཡུ།यु, བྱུ་རུ།क्ष्युरुक, གཟི།जी, སྤོས་ཤེལ། पोसेलམུ་ཏིག मुतिक, श्यि, बुटिल, कण्ठा, टिकटिक (सुनको माला),སོར་གདུབ།सोर्तुप (औंठी), मेन्दोक कोक्ते, सुटुक÷पाङ्जेन, ཨ་ལོང་། अलोङ(माली) आदि लगाउने चलन छ ।
 पुरुष पोसाक र लगाउने तरिका


महिला पोसाक,गहन र लगाउने तरिका



तस्विर सेर्कु शेर्पाद्धारा लिखित शेर्पा समुदायको मौलिक पहिचान नामक पुस्तकबाट

No comments:

Post a Comment