सुचना तथा जानकारी

जानकारी सम्बन्धमा: 

कोभिडको कारण गत दुई बर्ष स्थगित भएको टुक्पा छेजी पुजा कार्यक्रम यश साल मिति २०७९ श्रावण १६ गते सांस्थाको अगुवाइमा भब्य रूपमा सम्पन्न भएकोछ। टुक्पा छेजी पुजा सम्पन्न पछि मिति २०७९ श्रावण २३ गते समिक्षा बैठक तथा आयोजक कमिटीबाट टुक्पा छेजीका सम्पुर्ण आय ब्याय सम्बन्धि विवरण पेश गरिनुको साथै कार्यसमितिको बैठक संस्थाको कार्यलयमा बसि विविध बिषयमा छलफल गरि निर्णयहरु पारित गरिएको थियो। 
टुक्पा छेच्यु आयोजक कमिटी २०६५-२०७९ तथा कार्यसमितिको यो भन्द पहिलाको बैठकको निर्णय अनुसार आउने २०८०-२०८३ तीन बर्षको लागि सांस्थाको बर्तमन कार्यसमिति बाट २ जना र संस्था अन्तर्गत सदस्य प्राप्त गरेको ब्याक्ती २ जना रहने गरि जम्मा ४ जनाको नयाँ टुक्पा छेजी कमिटी गठन गर्ने निर्णय अनुसार निम्न ब्यक्तिहरुलाई चयन गरियो ।

२०७९-२०८३ को टुक्पा छेच्यु आयोजाक कमिटीहरु:  
१: लाक्पा तेम्बा शेर्पा, कुरिमा
२: लाम बाबु शेर्पा, चरुवा
३: सोना काजी शेर्पा, मुडे
४: पासाङ्ग गोम्बा शेर्पा, कुरिमा

नि बर्तमन आयोजक कमिटीबाट नयाँ कमिटीलाई हार्दिक बधाईका साथ आगामी जिम्मेवारी सुम्पेको थियो। साथै नि बर्तमन आयोजक कमिटीको तर्फबाट टुक्पा छेच्यु कार्यक्रमलाई सफल पर्न सहयोग गर्नु हुने धर्म गुरु हरु, सम्पुर्ण लावा ( जिन्दागहरु),प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण धर्मवालम्वीहरु पर्ती हार्दिक आभार व्यक्त गर्दछौं। 

 २०६५-२०७९ को टुक्पा छेजी आयोजक कमिटी: 
१: लाक्पा दोर्जी शेर्पा: कुरिमा, हाल: आरुबारी,
२: कामी शेर्पा: कुरिमा, हाल: गोकर्ण 
३: फुरा दोर्जी शेर्पा: बेउमा, हाल: रामहिटी
४: फुर्व सर्की शेर्पा: चित्रे, हाल: कापन, फैका

      टुक्पा छेजी 
         आयोजाक कमिटी !
       थुचिछे !

२०६१ साल देखि २०७५ साल सम्मको टुक्पा छेच्यु आयोजक कमिटीहरु: १: मिण्डू शेर्पा: कुरिमा, हाल: गोकर्ण २: पेम्बा कितार शेर्प: वास्तो, हाल: सिमालटार ३: छेवांग पाल्देन शेर्पा: चित्रे, हाल: गोकर्ण ४: तेन्जी शेर्पा: कुरिमा, हाल: बानियाटार २०६५-२०७९ को टुक्पा छेजी आयोजक कमिटीहरु: १: लाक्पा दोर्जी शेर्पा: कुरिमा, हाल: आरुबारी, २: कामी शेर्पा: कुरिमा, हाल: गोकर्ण ३: फुरा दोर्जी शेर्पा: बेउमा, हाल: रामहिटी ४: फुर्व सर्की शेर्पा: चित्रे, हाल: कापन, फैका २०७९-२०८३ को टुक्पा छेच्यु आयोजाक कमिटीहरु: १: लाक्पा तेम्बा शेर्पा: कुरिमा हाल: पैयाटार २: लाम बाबु शेर्प: चरुवा, हाल: सिमालटार ३: सोना काजी शेर्पा: मुडे, हाल: बौद्ध ४: पासाङ्ग गोम्बा शेर्पा: कुरिमा, हाल: गोकर्ण
टुक्पा छेजी
आयोजाक कमिटी ! थुचिछे !



सूचना! सूचना !! सूचना !!!
प्रस्तुत विषयमा यस धर्म डाँडा शेर्पा समाज अन्तर्गतका पुरानो टेलिफोन डायरीलाई समायोजन गरि नयाँ बनाउनु पर्ने देखिएकोले सम्पूर्ण संरक्षक सदस्य,आजीवन सदस्य ,साधारण सदस्य लगायत स्थापनाकाल देखि हाल सम्मको भूपू कार्यसमिति, सल्लाहकार सदस्यहरु तथा बिशेष् गरि यस धर्म डाँडा शेर्पा समाज क्षेत्र अन्तर्गतका सम्पुर्ण महानुभाबहरुले आ- आफ्नो व्यक्तिगत विवरण संकलन गरि संस्थाको आधिकारिक टेलिफोन डयरिमा समाबेश गर्नको लागी सबैले आफ्नो आफ्नो सम्पर्क ठेगाना ( मोबाईल न., ईमेल आईडी, गाउँको नाम तथा हाल बसोबास गरि रहेको ठेगाना) टिपाई सहयोग गरि दिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क:-
Facebook messanger: Dharmapeak Sherpa
* देन्डि शेर्पा : 9813594539 (Viber or Whatsapp)
* लाक्पा दोर्जी शेर्पा: 9841229765 (viber or whatsapp)
नोट: कृपया सम्भव भए परिवारका एकजना सदस्यले सम्पूर्ण परिवारकाे सबैको नाम र सम्पर्क न.र ईमेल ठेगाना भए साे समेत टिपाई सहयोग गरी दिनु होला । धन्यवाद ! थुछी छे !
धर्म डाँडा शेर्पा समाज
सिमालटार, काठमाडौ

जानकारी । जानकारी ।। जानकारी।।।
ठुक्पा छेवा झि (छ्योखोर दुछेन्) पुजा स्थगित गरिने बारे !
धर्म डाँडा सेर्पा समाजको आगुवाइमा हरेक साल ठुक्पा छेवा झि (छ्योखोर दुछेन्) (ཆོས་འཁོར་དུས་ཆེན) पुजा आयोजना गरिदै आएको सबैमा सार्बविदितै छ । कोभिड-19 का कारण अर्थात् हालका यो बन्दाबन्दी (Lock Down) को असहज तथा बिषम परिस्थिति लाई मध्यनजर गरि यो २०७७ साल श्रावण ९ गते पर्ने सोही ठुक्पा छेजी पुजा यो सालको लागी स्थगित गर्ने निर्णय भएको ब्यहोरा संबंधित सबैमा जानकारी गराईन्छ । आयोजक कमिटी धर्म डाँडा सेर्पा समाज सिमलटार, काठमाडौ

सुचना
यस सस्थाका सदस्य, अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदशक, नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक जिल्ला साेलुखुम्बू थुलुङ दुधकाेशी गाउँ पालिका वडा -९, रक्सीखर्क स्थायी निवासी तथा हाल कपन बस्नु हुने श्री छिरिङ जाङबु शेर्पाद्वारा लिखित् पुस्तक हिमालका बारेमा जान्न चाहाने यस सस्थाका सदस्य लगायत जाे काेहीले लेखक् स्वंयमसँग जनकारी वा खरीद गरेर पढन सक्नु हुने छ ।
प्रचार प्रसार विभाग
धर्म डाडा शेर्पा समाज
सिमालटार, काठमाडौ
लेखककाे माे.न: ९८४१०७३०१९

सुचना
यस सस्थाका आजीवन सदस्य, तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव जिल्ला सोलुखुम्बू थुलुङ दुधकोशी गाउँ पालिका वडा (९, रक्सीखर्क स्थायी निवासी तथा हाल नेपाल मेडिकल कलेज बस्नु हुने श्री सेर्कु शेर्पाद्वारा लिखित् पुस्तक विस्तृत रुपमा शेर्पा समुदायको संस्कारसंस्कृति तथा ईतिहासको बारेमा जान्न चाहाने महानुभाव ज्यूहरुले यस संस्थाका सदस्य लगायत जो कोहीले लेखक् स्वंयमसँग जनकारी वा खरीद गरेर पढन सक्नु हुने छ ।
प्रचार प्रसार विभाग
धर्म डाडा शेर्पा समाज
सिमालटार, काठमाडौ

लेखकको मो.न. ९८४९४४३६२१

सुचना
धर्म डाँडा शेर्पा समाजका सम्पूर्ण कार्यसमितिज्युहरु सरंक्षक, आजीवन,साधारण सदस्यज्युहरु तथा विभिन्न पेसाको शिलिशलामा काठमाडौ आई बसोबास गरि रहन भएका सम्पुर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा यो जनकारी गराईन्छ कि हाल विश्वमा फैलिरहेको कोभिड १९ अर्थात कोरोनाका कारण उत्पन्न परिस्थितिमा विशेष गरि दोध्रे, बेउमा, तालाखर्क, पाखे, चरुवा, हिले, मुडे, डाडाखर्क, चित्रे, सफर्मा, रक्सीखर्क, बैखाम, लोप्रा, कुरिमा, बागुर लगायत गाँउका जो कोही अति समस्यामा परेको छ भने यस धर्म डाँडा शेर्पा समाजले राहत वितरण कार्यक्रम यही मिति बिक्रम संवत् २०७७ जेठ १२ गते सोमबार देखि गरीरहेकोले समस्यामा परेको माहनुभावहरुले कृपया तल उल्लेखित् ब्यक्तिलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दाछौ ।
पेम लाकी शेर्पा
अध्यक्ष
मो. +977-9841883748

लाक्पा दोर्ची शेर्पा
सचिव
मो. +977-9841229765

देन्डी शेर्पा
मो. +977- 9741000676

धर्म डाडा शेर्पा समाज
प्रचार  प्रसार विभाग

No comments:

Post a Comment