शेर्पा समुदायमा जात होईन थर हुन्छन् । शेर्पाका थर भित्र उपथरहरू यति नै हो भनी किटानी गरिएको तथ्य पाइँदैन । शेर्पा समुदायमा थरलाई रु भनिन्छ । शेर्पा समुदायभित्रको थर तथा उपथरहरू एउटै भए तापनि सबै एकै ठाउँ वा गाउँमा पाइँदैन । कुनै व्यक्तिले म शेर्पा हुँ भनेको खण्डमा उसलाई वास्तविक शेर्पा हो वा होइन भन्ने कुरा थर सोध्दा थाहा हुन्छ किनभने शेर्पा समुदायका मानिसहरूलाई मात्र आफ्नो थर र उपथरको बारेमा थाहा हुन्छ । साथै थर अनुसार नै बिहेबारी गर्ने चलन छ । शेर्पा समुदायमा विवाहको लागि थरहरूको आधारमा कुटुम्ब तथा स्वाँगेभाइ -दाजुभाइ पर्ने थर) छुट्टयाउने अर्को संवेदनशील र अति महत्वपूर्ण पक्ष हो । एउटा थर भित्र जति उपथरहरू छन् उनीहरू एकअर्कामा स्वाँगेभाइ हुन् र बिहेबारी चल्दैन । उनीहरूमा हाडनाताको सम्बन्ध हुन्छ । त्यतिमात्र होइन, आफ्नो मौलिक परम्पराअनुसार शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । उनीहरूले बुबाआमापछि दोस्रो बुबाआमाको रूपमा मामालाई लिने चलन छ । त्यसैले गर्दा मामाको छोरालाई पनि मामा (अज्याङ) र नातिलाई पनि मामा नै भनेर सम्बोधन गर्दछ भने मामाको छोरीलाई क्ष्यामा (उरू) भनेर सम्बोधन गर्ने चलन छ । यसरी सम्धी लगाउने क्रममा आमापट्टि सात पुस्तासम्म र बुबापट्टि कहिल्यै सम्धी लगाउन हुन्न भने परम्परागत मान्यता विद्यामान छ । बिहेबारी गर्दा कुटुम्ब र स्वाँगेभाइ छुट्टयाउने कठोर परम्परागत नीतिनियम भएकाले पनि शेर्पा समुदायको विवाहसंस्कार जटिल तथा रोचक मानिन्छ । परम्परागत रूपमा रहेको सात पुस्ते मान्यता, थर हेर्ने चलन, टिक्ष्याङ (टिज्याङ), लोङ्क्ष्याङ (लोङ्ज्याङ) , देम्क्ष्याङ (देम्ज्याङ) र पेक्ष्याङ (पेज्याङ) जस्ता चरणहरू विधिवत् रूपमा पूरा गर्ने चलन छ । धर्म डाँडा शेर्पा समाज भित्र रहेका शेर्पाका थर उपथरहरु निम्न प्रकारका छन् ।
१. लामा – लामा सेरवा
२. मिञग्पा – टाग्थो
३. थिमी – गोपर्मा
४. च्यावा – च्यावा
आचार्य ङग्वाङ वोशेर लामा शेर्पा द्धारा लिखित शेर्पाहरूको इतिहास र सँस्कृति नामक पुस्तकको पृ=२२ मा शेर्पाका चार थरमध्ये १) सेरपाहरूको जिज्यू ङादाग ञङ ञिमाहोसेर २) मिञग्पा (टग्थोहरूको जिज्यु टुब्क्षेन थङतोङ ग्यालपो ३) च्हगपाहरूको जिज्यू तेरतोन रत्नलिङ्पा ४) र थिग्मी -सलग) हरूका जिज्यू फक्षेन भएको च्हग्पोन सङ्ग्य पाल्ज्योरले रचना गर्नु भएको शेर्पा इतिहासमा पाइन्छ भनी -शेर्पाको परिचय) नामक लेखमा “ञेनक्षेन थङल्ह” पत्रिकाले प्रस्तुत गरेको छ भनि लेखिएको पाईन्छ । हाल विश्वमा छरिएर रहेको शेर्पा समुदाय भित्र रहेको थर तथा उपथरहरु निम्न प्रकारका छन ।
१. लामा –
लामा गोन्पा र लामा सेरवा -एक आपसमा बिहावारी नचल्ने_
२= मिञग्पा –
टाग्थो,गर्जा, गोले, पिनासा, पङकार्मा, युलकोङमा, श्यारीतोपा, खापा, शिरे, दोटुवा -एक आपसमा बिहावारी नचल्ने आदि, ।
३=थिमी– सलखा,गोपार्मा,पाल्दोर्जे,खम्पाचे, छ्युशेर्वा, ल्हक्सिन्दो, ठोम्पा, मुर्मिछो, पेफुलो, बिनग्पा, ङरपा,श्हुरपा, नावा,स्याङ्गु, मेन्देवा -एकआपसमा बिहावारी नचल्ने आदि ।
४. च्यावा –
च्यावा ल्हुक्पा, च्यावा नाक्पो,च्यावा जुम्बा (एक आपसमा बिहावारी नचल्ने आदि ।
५. ङोम्बा
आचार्य ङग्वाङ वोशेर लामा शेर्पा द्धारा लिखित शेर्पाहरूको इतिहास र सँस्कृति नामक पुस्तकमा मौखिक कथनअनुसार शेर्पाको थर सम्बन्धि कथा यस प्रकारको रहेको छ । उहिले शेर्पाहरूका जनसङ्ख्या दिन प्रतिदिन बढ्दै गएकोले त्यसको समाधान गर्न बुद्धिजीबी शेर्पाहरू एकान्तमा भेला भई थरको सम्बन्धमा सरसल्लाह गरे । तत्पश्चात् एक जनाले पहाडबाट डोङ -उग्र याक) लखेटेर ल्याउँदा याकको सिङ समात्नेलाई “सेरप”, याकको जीउ समात्नेलाई “गर्जा”, याकको हात समात्नेलाई “सलग”, याकको खुट्टा समात्नेलाई “च्हापा” र याकको पुच्छर समात्नेलाई “ङोनपा” भनी विभिन्न पाँच थरीका थरहरू बनाई नामकरण गरेको उल्लेख गरेका छन् ।
यदि माथि उल्लेखित थरहरुमा कुनै उपथर छुट्न गएको खण्डामा कोमेन्ट पाउ । साथै कुनै ठाउँको उपथरहरु छुटेको खण्डमा पनि कोमेन्टमा वा निम्न ठेगानामा कुन थर भित्र पर्छ मेल गरी दिनुहुन अनुरोध गर्दछु । धन्यवाद ।
Serku Sherpa
Researcher and writer
Email: serkusolu@hotmail.com
or dharmadangda@gmail.com
स्रोत ः सेर्कु शेर्पाद्धारा “लिखित शेर्पा समुदायको मौलिक पहिचान” नामक पुस्तक
No comments:
Post a Comment